
३ भदौ, गुल्मी । मुसिकोट नगरपालिकाले आज शोक बिदा दिएको छ ।
नगरपालिकाले वडानम्बर १ का वडाअध्यक्ष मोहन घिमिरेको निधनमा आज आइतबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले निर्णय अनुसार आज एक दिन वडाअध्यक्ष घिमिरेको निधनमा पालिकाभित्र शोक बिदा दिइने प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए ।
शनिबार बिहान करिब ५ बजे फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे केही घण्टापछि रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।
घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका सभापतिसमेत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4