+
+

भदौ १५ देखि काठमाडौं कलिङ महोत्सव, मनिषा कोइराला र दिव्या दत्त पनि सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १२:४७

काठमाडौं । ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’को दोस्रो संस्करण घोषणा भएको छ । गत वर्षदेखि आरम्भ भएको यो महोत्सव भदौ १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।

नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकाका साहित्यकारको जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सवलाई यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकको सहभागिता रहने जनाइएको छ । महोत्सवमा दक्षिण एसियाका कला, साहित्य, संगीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा चल्नेछ ।

महोत्सवमा भारतबाट पद्मश्री पुरस्कार विजेता हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री नीला माधव पाण्डा, पद्मश्री अरुणा मोहन्ती, पद्मश्री अरुणा मोहन्तीजस्ता दिग्गज सहभागी हुनेछन् । अभिनेत्री तथा लेखिका दिव्या दत्त, दीप्ति नवल, हरहर शम्भो फेम गायिका अभिलिप्सा पाण्डा पनि सहभागी हुने भएका छन् । अभिनेत्री मनिषा कोइराला पनि महोत्सवमा सहभागी हुने जनाइएको छ ।

भुटानका रिन्झिन रिन्झिन, श्रीलंकाका चमल सञ्जीवा, बंगलादेशका अशरफ ज्वेलसमेत वक्ताको भूमिकामा हुनेछन् । सुरक्षा पन्त, नयनराज पाण्डे, अमर न्यौपाने, सुवेदी, चिरिबाबु महर्जन, गुरुराज घिमिरे, विद्या अधिकारी, सुमना श्रेष्ठ, काशीनाथ तमोट, चरीमाया तामाङ, शिवानी थापा, सीके लाल, महेशविक्रम शाह, रजनी ढकाल, गीता त्रिपाठी, मनिषा गौचन, आरती चटौत, त्रिरत्न मानन्धर, सृच्छा प्रधान, भोला रिजाल, नवराज केसी, रामेश कोइराला, हर्क साउदलगायतले विभिन्न सत्रमा वक्ताका रुपमा सभागिता जनाउनेछन् ।

‘लघु कथावाचन’ र ’कलिङ महलफिल’जस्ता सत्रहरु पनि महोत्सवका रमाइला कार्यक्रम हुनेछन् । ‘शक्ति र भक्ति–सभ्यतागत सम्बन्ध, विश्वव्यापी विचारको केन्द्र नेपाल’लाई केन्द्रीय स्वर बनाइएको महोत्सवको यसै संस्करणबाट १२ विधामा १२ लेखकलाई यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने पनि जनाइएको छ ।

यो महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको आयोजकले जनाएको छ । दक्षिण एसियाली संवादको केन्द्रीय थलोको रूपमा स्थापित गर्दै महोत्सवले नेपाललाई विश्वव्यापी स्तरमै पहिचान दिने केएलएफकी संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?