+
+

भोलि संसद अवरोध अन्त्य गर्ने निष्कर्ष निस्किन्छ : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १६:५२

३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन् ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सत्तापक्ष र प्रतिपक्ष दुबैको जित हुने गरी समाधान खोज्ने सहमति भएको जानकारी दिए ।

‘छलफल सहमतिको नजिक पुगेको छ । भोलि फेरि बैठक बस्छ र संसदको अवरोधको अन्त्य गर्ने निष्कर्ष निस्किन्छ । बीचको बाटो निकाल्ने भन्ने छ । सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ’ उनले भने, ‘अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सञ्चालन गर्ने विषयमा सकारात्मक छलफल भएको बताए । ‘भोलि एकपटक पुनः बैठक बसेर पर्सि तीन बजेसम्म रोक्ने र त्यसपछि संसद अघि बढाउने सहमति छ’ उनले भने ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलोग्राम सुन २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सो घटनामा गृहमन्त्री र अर्थमन्त्रीकै संलग्नता रहेको भन्दै नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर १० साउनदेखि संसद अवरोध गरिरहेको छ ।

संसदको अवरोध खुलाउन आइतबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बोलाएका थिए । तर बैठकले संसद खोल्ने विषयमा सहमति जुटाउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?