
३ भदौ, बाजुरा । बाजुराका विभिन्न ठाउँमा भत्किएको सडक तथा बाटोहरु निर्माणमा नेपाली सेना सक्रिय भएको छ ।
वर्षातका कारण बाटो भत्किएपछि आवागमनमा समस्या भएकाले बाढी पहिरोले अबरुद्ध सडक तथा बाटोहरु खुलाउन लागेको दुर्गाभञ्जन गुल्मका गुल्मपति तथा मेजर धर्मेन्द्रबहादुर सिंहले बताएका छन ।
सिंहको नेतृत्वमा ४० जना सेनाको टोली मर्मत कार्यमा जुटेको छ ।
बडीमालिका नगरपालिका ८ मा रहेको मार्तडी त्रिबेणी सडकको नेपाली सेनाले मर्मत गरेको छ ।
यस्तै जिल्ली पहिरोमा आवतजावतका लागि नेपाली सेना लगायत जनश्रमदान अभियान सुरु गरिएको छ । तर पहिरो भने पन्छिन समय लाग्ने उनले बताए ।
सडक अवरुद्ध भएमा सडक खुलाउनका लागि सेना तयारी अबस्थामा राखिने उनले बताएका छन् ।
वर्षातको बेला हरेक जिल्लामा विपद् व्यवस्थापन तथा क्षति न्युनिकरणका लागि सेनाले सधैं टोली तयारी अवस्थामा राख्ने गरेको छ ।
बाजुराको सदरमुकाम मार्तडीमा रहेको दुर्गाभञ्जन गुल्म पनि सधै सैनिक टोली विपद् व्यवस्थापन तयारी अवस्थामा रहेको सिंहले बताए ।
प्रतिक्रिया 4