
काठमाडौं । ‘चौथो ब्रिटिस कप–२०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’ को उपाधि थेम्स कलेजले जितेको छ । बालुवाटारस्थित ढुकु फुट्सलमा शुक्रबार सम्पन्न फाइनल खेलमा आईएसएमटी कलेजलाई पेनाल्टीमा पराजित गर्दै थेम्सले उपाधि जितेको हो ।
जितसँगै थेम्सले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता टिम आईएसएमटीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
त्यस्तै व्यक्तिगततर्फको अवार्ड पनि थेम्सकै दुई खेलाडीहरुले प्राप्त गरेका छन्। थेम्सका मिलन गोदार थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा मोहम्मद फाहिद उत्कृष्ट गोलकिपर घोषित भए । थापा र फाहिदले जनही १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
चौथो संस्करणको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र अर्को वर्ष पाँचौ संस्करण अझै बृहत हुने ब्रिटिस कलेजका चेयरम्यान उपेन्द्रराज शर्माले बताए ।
प्रतियोगितालाई सभ्य र भव्य बनाउन विभिन्न संस्थाहरुसँग सहकार्य गरिएको कलेजले जनाएको छ ।
सन् २०१८ देखि निरन्तर रुपमा प्रतियोगिता आयोजना हुँदै आएको र यो वर्षको संस्करणमा १६ टिमले सहभागिता जनाएको कलेजले जनाएको छ ।
प्रतिक्रिया 4