
४ भदौ, काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका-१ ठूलोखोलामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् ।
मृत्यु हुनेमा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर रहेको प्रहरीले जनाएको छ ।
उनी ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा श्रीमान् सन्तोषसँगै मजदुरको रुपमा कार्यरत थिइन् । उनीहरु गएराति सोही भवनमा सुतेका थिए । राति श्रीमानले बोलाउँदा नबोलेपछि उठेर हेर्दा मृत अवस्थामा देखिएको सन्तोषले प्रहरीलाई जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4