+

अल्कारेजसँग बदला लिँदै जोकोभिचले जिते सिन्सिनाटी ओपनको उपाधि

२०८० भदौ  ४ गते १२:२२ २०८० भदौ ४ गते १२:२२
अल्कारेजसँग बदला लिँदै जोकोभिचले जिते सिन्सिनाटी ओपनको उपाधि

४ भदौ,  काठमाडौं । नोभाक जोकोभिचले विम्बलडन फाइनलमा कार्लोस अल्कारेजसँग बेहोरेको हारको बदला लिँदै सिन्सिनाटी ओपन (वेष्टर्न एण्ड साउदर्न ओपन)को उपाधि जितेका छन् ।

फाइनलमा विश्व नम्बर दुई जोकोभिचले शीर्ष वरियताका युवा खेलाडी अल्कारेजलाई ५-७, ७-६, ७-६ ले पराजित गर्दै उपाधि जितेका हुन् ।

एटिपी टुरको इतिहासमा १९९० पछि यो सबैभन्दा लामो समय चलेको फाइनल हो । जुन ३ घण्टा ४९ मिनेटसम्म चलेको थियो ।

यस उपाधिसँगै जोकोभिचले करियरको ९५औं उपाधि जितेका छन् र १९६८ यता प्रोफेसनल एरामा सर्वाधिक उपाधि जित्नेमा इभान लेन्डललाई पछि पार्दै तेस्रो स्थानमा उक्लेका छन् ।

कोभिड-१९ रेस्ट्रिक्सनका कारण दुई वर्षपछि अमेरिकामा खेलेका जोकोभिचले तेस्रो पटक सिन्सिनाटी ओपनको उपाधि जितेका हुन् ।

यस्तै महिलातर्फ सातौं वरियताका कोको गउफले कारोलिन मुचोभालाई ६-३, ६-४ ले हराउँदै उपाधि जितिन् ।

वेष्टर्न एण्ड साउदर्न ओपनको ५० वर्ष भन्दा बढी इतिहासमा उपाधि जित्ने गउफ पहिलो टिनएजर खेलाडी समेत बनिन् ।

कार्लोस अल्कारेज नोभाक जोकोभिच
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय