+
+

काठमाडौं महानगरले गर्‍यो २ सहकारी खारेज

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १३:११

४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिको दुई वटा सहकारी संस्था खारेज गरेको छ ।

महानगरले जारी गरेको सूचना अनुसार वडा नम्बर ५ मा रहेको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र वडा नम्बर ७ मा रहेको सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड खारेज गरेको हो ।

महानगरको सहकारी विभागको गत १६ साउनको निर्णय अनुसार ती सहकारी संस्थाहरू खारेज गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम खारेजी गरको हो,’ सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?