+

एसिया कप क्रिकेटका लागि भारतीय टिम घोषणा

२०८० भदौ  ४ गते १५:४० २०८० भदौ ४ गते १५:४०
एसिया कप क्रिकेटका लागि भारतीय टिम घोषणा

४ भदौ, काठमाडौं । भारतले एसिया कप क्रिकेटका लागि टिमको घोषणा गरेको छ ।

रोहित शर्माको कप्तानीमा घोषणा गरिएको १७ सदस्यीय टोलीमा केएल राहुल र श्रेयस अय्यरले पुनरागमन गरेका छन् ।

मध्यक्रमका यी दुवै ब्याटर चोटका कारण टिम बाहिर रहेका थिए । यी दुवै खेलाडी एसिया कपका लागि भने फिट भोषित भएका छन् ।

टिममा तीव्र गतिका बलर जसप्रित बुमराहले पनि झन्डै एक वर्ष पछि एकदिवसीय क्रिकेटमा टिममा पुनरागमन गरेका छन् ।

आयरल्यान्डसँग भइरहेको खेलमा खेल्दै आफूलाई फिट सावित गरेका बुमराहले विश्वकप अगाडि एकदिवसीयमा आफूलाई प्रमाणित गर्ने मौका पाएका छन् ।

तिलक बर्माले पहिलो पल्ट भारतीय टिममा स्थान पाएका छन् ।

३१ अगष्टबाट सुरु हुने प्रतियोगितामा भारत नेपाल र पाकिस्तानको समूहमा छ ।

भारतीय टिम :

रोहित शर्मा(कप्तान), हार्दिक पाण्ड्या (उप-कप्तान), शुबमन गिल, विराट कोहली, श्रेयस अय्यर,केएल राहुल, सूर्यकुमार यादव, तिलक बर्मा, इशान किशन,  रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, कुलदिप यादव, प्रसिद्ध कृष्णा,

वैकल्पिक खेलाडी : सन्जु सामसन

एसिया कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय