+

साफ यू-१९ च्याम्पियनसिपको बन्द प्रशिक्षण सुरु, ३५ खेलाडी सहभागी

२०८० भदौ  ४ गते १५:४६ २०८० भदौ ४ गते १५:४६
साफ यू-१९ च्याम्पियनसिपको बन्द प्रशिक्षण सुरु, ३५ खेलाडी सहभागी

४ भदौ, काठमाडौं । आगामी सेप्टेम्बरमा काठमाडौंमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु  भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर २१ देखि ३० (२०८०असोज ४ देखि १३)सम्म दशरथ रंगशालामा साफ यू-१९ च्याम्पियनसिप आयोजना गर्दैछ ।

मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले सोमबारदेखि बन्द प्रशिक्षण सुरु गरेको एन्फाले जनाएको छ ।

एन्फाले सोमबारै पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी पनि गराएको हो ।

प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउदैछन् ।

जिल्ला, प्रदेश र केन्द्रको छनोटपछि सुनिल श्रेष्ठले ३५ खेलाडी छनोट गर्न प्रशिक्षण सुरु गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

प्रशिक्षणमा दे‍शभर कुल ५४६ खेलाडी सहभागी भएका थिए । प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

साफ यू-१९ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय