+
+

मिस युनिभर्स नेपाल-२०२३ का अन्तिम २२ जना प्रतिस्पर्धी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १७:०५

काठमाडौं । मिस युनिभर्स नेपाल-२०२३ का अन्तिम २२ जना प्रतिस्पर्धी घोषणा गरिएको छ । काठमाडौंमा आयोजित समारोहमा आयोजक उमंग क्रियसनले सेमिफाइनलिस्ट सुन्दरी सार्वजनिक गरेको हो ।

ती प्रतिस्पर्धीमा दुई जना विवाहित र एक जना ट्रान्स महिलाको समेत सहभागिता रहेको जनाइएको छ । ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ को फिनाले आगामी भदौ २३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने भएको छ ।

अन्तिम २२ प्रतियोगीमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा. पूजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बानियाँ, बुद्धसार सुनार, पूजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी र मौसमी श्रेष्ठ छन् ।

प्रशान्त ताम्राकारको कोरियोग्राफीमा यी सुन्दरीलाई प्रस्तुत गरिएको थियो । प्रतियोगिताको विजेताले एल साल्भाडोरमा हुने पेजेन्टको अन्तर्राष्ट्रिय संस्करणमा मुलुकको प्रतिनिधित्व गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?