+

पुरुष राष्ट्रिय फुटबल टिमको व्यवस्थापकमा उत्तम भण्डारी नियुक्त

२०८० भदौ  ४ गते १७:२२ २०८० भदौ ४ गते १७:२२
पुरुष राष्ट्रिय फुटबल टिमको व्यवस्थापकमा उत्तम भण्डारी नियुक्त

४ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको व्यवस्थापकमा उत्तमराज भण्डारी नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार भण्डारीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको व्यवस्थापकमा नियुक्त गरेको जनाएको छ ।

सोमबारै एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीले भण्डारीलाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् ।

यसअघि अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टिमको व्वयस्थापक थिए । भारतमा भएको साफ च्याम्पियनसिपमा पनि अनिल नै टिमको व्यवस्थापक थिए ।

नेपाली पुरुष फुटबल टिम अहिले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत प्रारम्भिक चरणको छनोट खेलको तयारीमा छ ।

प्रारम्भिक चरणमा नेपालले लाओससँग आगामी अक्टोबर १२ र १७ मा खेल्दैछ । त्यसअघि नेपालले सेप्टेम्बरमा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय छ ।

उत्तम भण्डारी राष्ट्रिय फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय