+
+

सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १७:३०

४ भदौ, धनगढी । सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्युु भएपछि तनाव भएको छ । सोमबार दिउँसो घरमा बेहोस भएपछि उपचारका लागि ल्याइएका धनगढी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय अरूणकुमार रानाको मृत्यु भएपछि तनाव भएको हो ।

बेला–बेला मिर्गी आउने समस्या भएका रानाको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् ।

मृतककी भतिजी सोनियम रानाले आकस्मिक कक्ष लगिएका अरुणलाई डाक्टरले ओपिडी कक्षमा पठाएको र एक घण्टासम्म डाक्टर नआएपछि मृत्यु भएको बताइन् ।

‘उहाँ एक्कासी ढलेर बेहोस भएपछि १२ बजेतिर अस्पताल ल्याएका थियौँ । ईमरजेन्सी कक्षमा लग्यौँ तर त्यहाँबाट टिकट काटेर ओपीडी चेकजाँच गर्ने ठाउँमा लैजान भनियो,’ रानाले भनिन्, ‘एक घण्टासम्म डाक्टर आउनुभएन । दुई बजेतिर फेरि बेहोस् भएर उहाँको मृत्यु भयो ।’

मृतककी दिदी समेत रहेकी पूर्व प्रदेशसभा सदस्य मालामती रानाले घटनाको छानबिन गरेर कारवाही नहुँदासम्म शव नउठाउने बताइन् । ‘यो अस्पतालमा जहिल्यै लापरबाही हुने गरेको थियो । आज यहाँका डाक्टरको लापरबाहीका कारण मैले पनि आफ्नो भाइ गुमाएकी छु,’ रानाले भनिन्, ‘घटनाको छानबिन गरी दोषीलाई कारवाही नगरेसम्म हामी शव उठाउदैनौँ ।’

प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले रानाको मृत्यु भएको घटनाबारे बुुझिरहेको बताउँदै त्यसपछि मात्र आधिकारिक प्रतिक्रिया दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?