
४ भदौ, दाङ। सल्यानमा भएको गाडी दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
गाडी दुर्घटनमा घाइते भएर दांगको राप्ती प्रादेशिक अस्पताल ल्याइएका सल्यानको दार्माकोट गाउँपालिका-२ की ३६ वर्षीया ओमपत खत्री र रुकुम पश्चिमका ६० वर्षीय कमारो कामीको उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा थप १६ जना घाइतेको उपचार भइरहेको बताए ।
सोमबार दिउँसो रुकुमबाट नेपालगञ्ज जाँदै गरेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट नजिकै दुर्घटनामा भएको थियो ।
गाडी सडकबाट करिब दुइ सय मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4