+
+

गठबन्धनबाट बाहिरिने अवस्था छैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १३:२१

५ भदौ, काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताएका छन् ।

मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको दाबी गरे । प्रतिगमनलाई परास्त गरेको, संविाधन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको भन्दै उनले अगाडि भने, ‘हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएन ।’

सरकारको स्थिरतामा अहिले प्रश्न उठिरहेको भएपनि अहिले तत्काल गठबन्धन बदलिने र आफूहरु गठबन्धनबाट बाहिर निस्कने अवस्था नभएको अध्यक्ष नेपालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?