+
+

कांग्रेसको दोस्रो चरणको अभियान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १३:३५

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको अभियान स्थगित गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीले दोस्रो चरणको अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

भदौ १० देखि २४ सम्मका लागि नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरी अभियान गर्ने पार्टी केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।

‘वर्षाको समयले गर्दा अभियान स्थगित गर्ने निर्णय गरिएको छ’, सहमहामन्त्री बद्री पाण्डेले भने । बैठकमा मूल रुपमा दोस्रो चरणको अभियानमा छलफल भएको पाण्डेले जानकारी दिए ।

१५ भित्र भ्रातृ संस्थालाई पूर्णता दिने र विभाग गठन गर्ने पार्टीले निर्णय गरेको छ । विभाग गठनका लागि तयारीलाई निरन्तरता दिने कुरा भएको पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?