+
+

जस्मिन पेन्ट्सको ‘रङ्‍गीन पल खुशी डबल’ उपहार योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १३:४२

काठमाडौं । जस्मिन पेन्ट्सले आफ्ना ग्राहकका लागि १ भदौदेखि ‘रङ्‍गीन पल खुशी डबल” उपहार योजना ल्याएको छ ।

आउँदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई थप खुशी प्रदान गर्ने उदेश्यका साथ ल्याइएको यो योजना १५ मंसिरसम्म लागु हुने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुन ग्राहकहरुले नजिकैको डिलरहरुबाट कम्तीमा ७५ हजार रुपैयाँ भ्याटसहितको जस्मिन पेन्ट्सको उत्पादनहरु खरिद गर्नुपर्ने छ । त्यसबापत कम्पनीले एक लक्की ड्र कुपन प्रदान गर्ने छ ।

विजेताको घोषणा लक्की ड्र मार्फत गरिनेछ । ४०० जना ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत १ जनाले यमाहा रे जेड कुटर, ७ जनाले रेडमी १२ वटा स्मार्ट मोबाइल फोन, २० जनाले एक्यू फिट स्मार्ट वाच, ४५ जनाले डीएचआई २.८ लिटर इलेक्ट्रिक राइस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?