+
+

सुन तस्करीको सीआईबीले अनुसन्धान सकेपछि समग्र अध्ययन गर्न जाँचबुझ आयोग

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १४:४२
तीन दलले गठन गरेको कार्यदलका सदस्यहरु सुवासचन्द्र नेम्वाङ, हितराज पाण्डे र रमेश लेखक ।

५ भदौ, काठमाडौं । प्रमुख तीन दलको कार्यदलले सुन तस्करीको अनुसन्धान र अभियोजन प्रक्रिया सकिएपछि समग्र विषयमा अध्ययन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेको छ ।

सरकार आयोग बनाउन तयार भएपछि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई मस्यौदा बनाउने जिम्मा दिइएको थियो ।

मंगलबार तीन नेताले मस्यौदा तयार पारेका छन्, त्यसलाई केहीबेरमा बस्ने प्रमुख दलहरुको बैठकमा पेश गरिने माओवादी केन्द्रका प्रमुख समेतक पाण्डेले जानकारी दिए ।

अर्का एक सदस्यका अनुसार २ साउनमा बरामद भएको करिव ६० किलोग्राम सुन तस्करीको अनुसन्धान प्रक्रिया सीआईबीले नै गर्नेछ । ‘अहिलेले सीआईबीले गरेको अनुसन्धानले निरन्तरता पाउँछ र निष्कर्षमा पुगेपछि अभियोजन प्रक्रिया अघि बढ्छ’ ती सदस्य भन्छन्, ‘त्यसपछि समग्र विषयमा अध्ययन गर्न आयोग बन्छ ।’

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति/आयोग बनाउनुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ । सरकारले भने सीआईबीले अनुसन्धान गरिरहेकाले छुट्टै आयोग गठन गर्नुनपर्ने तर्क गर्दै आएको थियो ।

तर सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा बसेको दलहरुको बैठकमा सीआईबीको अनुसन्धानलाई अवरोध नगर्ने गरी जाँचबुझ आयोग बनाउन सरकार सहमत देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?