+
+

राष्ट्रपतिले भदौ १२ मा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंगलबार राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्ने भएका छन् । शीतल निवासमा आयोजना हुने समारोहमा विभिन्न १० विधामा राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिने चलचित्र विकास बोर्डको बैठकले निर्णय गरेको हो ।

गत वर्ष प्रदर्शनमा आएका फिल्ममध्येबाट १० विभिन्न विधामा पुरस्कृत गर्नेदेखि दीर्घ साधना सम्मान र विशेष चलचित्र पुरस्कार समेत प्रदान गर्ने निर्णय बोर्ड बैठकले गरेको छ । सदस्य रविचन्द्र अधिकारीले राष्ट्रपतिको स्वास्थ्यलाई ध्यानमा राखेर संक्षिप्त अवार्ड गर्न लागिएको जानकारी दिए ।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पनि उपस्थिति हुने जनाइएको छ । राष्ट्रिय चलचित्र तथा सम्मान समारोह २०८० लाई भव्य एवं प्रभावकारी बनाउने निर्णय भएको सदस्य अधिकारीले जानकारी दिए । ‘अहिले हामी प्राविधिक तयारीमा जुटेका छौं,’ सञ्चारकर्मी समेत रहेका अधिकारीले भने ।

राष्ट्रपतिले हरेक वर्ष राष्ट्रिय चलचित्र पुरस्कार वितरण गर्ने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?