+
+

स्टार अस्पतालमा २०० जनाको जोर्नी प्रत्यारोपण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १८:४१

काठमाडौं । ललितपुरस्थित स्टार अस्पतालले २०० जनाको जोर्नी प्रत्यारोपण गरेको छ । मंगलबार  अस्पतालले एक कार्यक्रम गरी यसबारे जानकारी गराएको हो ।

निजी अस्पतालहरुमा गरिएको जोर्नी प्रत्यारोपणमध्ये उक्त संख्या हालसम्मकै उच्च रहेको अस्पतालका कार्यकारी र्निदेशक किशोर के महर्जनले दाबी गरे । नेपालमा अझै पनि घुँडा र हिपको प्रत्यारोपण गर्न सम्भव छ भन्ने जानकारी नहुँदा यो समस्या सहेर बाध्य हुनेको संख्या बढ्दो रहेको प्रा. डा. दीर्घराज आरसीले बताए ।

अस्पताल आउँदा दुई पाइला समेत हिंड्न नसक्ने समस्या लिएर आएकाहरु शल्यक्रियापछि सामान्य तवरले घर फर्किएको देख्न पाउँदा खुसी लाग्ने डा. रामेश्वर यादवले बताए ।

अस्पतालमा प्रा. डा. दीर्घराज आरसी, डा. सुमनबाबु मरहट्टा र डा. रामेश्वर यादवको टोलीले प्रत्यारोपण सेवा दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?