+

जितबहादुरलाई कोरियामा दोहोरो स्वर्ण

२०८० भदौ  ५ गते १९:२३ २०८० भदौ ५ गते १९:२३
जितबहादुरलाई कोरियामा दोहोरो स्वर्ण

५ भदौ, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी जितबहादुर बोटले दक्षिण कोरियामा दोहोरो स्वर्ण पदक जितेका छन् ।

१३ औं सागका दोहोरो कांस्य पदक विजेता बोटले कोरियामा आठौं डेजोन कप इन्टरनेसनल खुला तेक्वान्दो च्याम्पियनसिप र गङ्वन चुनचुवान वल्र्ड तेक्वान्दो कल्चर फेस्टिभलमा स्वर्ण पदक जितेका हुन् ।

गत अगष्ट ११ देखि १६ तारिखसम्म आयोजना भएको आठौं डेजोन कप इन्टरनेसनलमा जितबहादुरले ३० वर्षमुनिको एकल पुम्सेमा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी दक्षिण कोरियामै अगष्ट १८ देखि २० तारिखसम्म आयोजना भएको गङ्वन चुनचुवान वल्र्ड तेक्वान्दो कल्चर फेस्टिभलमा १३ औं सागकी स्वर्ण विजेता पार्वती गुरुङसँग मिलेर ३० वर्षमुनिको पेयर पुम्सेमा जितबहादुरले स्वर्ण पदक जितेका हुन् ।

१३औं सागमा जितबहादुर बोटले पेयर पुम्से र टिम पुम्सेमा कांस्य पदक जितेका थिए । यसैगरी पार्वती गुरुङले एकल पुम्सेमा स्वर्ण र पेयर पुम्सेमा कांस्य पदक जितेकी थिइन् । पेयर पुम्सेमा जितबहादुर र पार्वतीले नै प्रतिस्पर्धा गरेका थिए ।

जितबहादुर तेक्वान्दो खेलाडी दक्षिण एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय