+
+

स्कुलमा छिरेको भैंसी समात्न डार्ट प्रयोग

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १०:५५

६ भदौ, काठमाडौं । बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको टोलीले डार्ट प्रयोग गरेको छ । ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसीलाई डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरेको हो ।

वन अधिकृत अशोक पराजुलीले डार्ट सफल भएको बताए । अब केहीबेरमा भैंसी लठ्ठीएर बेहोस् हुने र त्यसपछि नियन्त्रणमा लिइने पराजुलीले जानकारी दिए ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेर ग्यारेजमा बसेको थियो । डार्ट लागेपछि भैंसी उठेर स्कुल परिसरभित्र हिँडीरहेको छ ।  भैंसीले क्षति पुर्याउने सक्ने भएकाले सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरिरहेका छन्  ।

उक्त भैंसी स्कुलको ग्यारेजभित्र प्रवेश गरेर बसेपछि नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको टोलीले डिभिजन वन कार्यालयको टोलीलाई खबर गरेको थियो ।

त्यसपछि भेटेरिनरी डाक्टरसहित वन अधिकृतको टोली विद्यालय परिसरमा पुगेको थियो । यसअघि काठमाडौं उपत्यकाका वस्तीहरुमा प्रवेश गर्ने चितुवाहरुलाई पनि यही टोलीले नियन्त्रणमा लिने गरेको थियो ।

डार्टसहित स्कुल पुगेको डिभिजन वन कार्यालयको टोली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?