+
+

भारतको मिजोरममा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १४:२८

६ भदौ, काठमाडौं ।  भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।

मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले  दुर्घटनाबारे जानकारी दिँदै कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् ।

भत्किएको पुलको भग्नावशेषमा अझै धेरै पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने बेलामा त्यहाँ ३५ देखि ४० जनासम्म कर्मचारी/मजदुर कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?