+
+

विपक्षीको बहिष्कारपछि कोशी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

हरि अधिकारी हरि अधिकारी
२०८० भदौ ६ गते १६:०१

६ भदौ, विराटनगर । प्रमुख प्रतिपक्षी  दल नेकपा एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्य उठेका थिए । उनीहरु सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार सभाध्यक्षको पनि मत प्रयोग गरेर विश्वासको मत लिएका थिए  । त्यसको विरोध गर्दै प्रतिपक्षी दलहरुले प्रदेशसभा बहिष्कार गरेका हुन् ।

बैठक सुरु भएलगतै  बोलेका राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले  विश्वासको मत लिने प्रक्रियामा सभाध्यक्षबाट गैर संवैधानिक, गैर संसदीय अभ्यास भएका कारण बैठक बहिष्कार गर्ने बताए । उनीपछि बोलेका एमाले सांसद तिलकुमार मेन्याङ्बोले बैठकको अध्यक्षता गर्ने व्यक्तिले असंवैधानिक काम गरेको बताए ।

सभाध्यक्षले संविधानको ठाडो उल्लङ्घन गरेको बताउँदै उनले फेरि असंवैधानिक कदम हुनसक्ने भएकाले संसद बैठक बहिष्कार गरेको बताए । त्यसपछि एमाले सांसदहरुले ‘असंवैधानिक कदम मुर्दावाद’ भन्दै संसदबाट बाहिरिएका थिए ।

बुधबारको बैठकमा प्रदेश निजामती  सेवा ऐन २०७९  लाई संशाेधन गर्न बनेको विधेयक र  स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो । तर प्रतिपक्षले संसद बैठक बहिष्कार गरेपछि कार्यसूचीमा बैठक प्रवेश गर्न सकेन ।

सभाध्यक्षलाई प्रयोग गरेर विश्वासको मत लिएपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की  रिट लिएर सर्वोच्च पुगेका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?