
काठमाडौं । फिल्म ‘जय हो’लाई बुधबार राति रेडकार्पेट प्रिमियर गरिएको छ । रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियर समारोहमा सेलिब्रिटीको बाक्लो उपस्थिति रह्यो । सलोन बस्नेत र केकी अधिकारीको शीर्ष भूमिका रहेको यो फिल्म शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।
कलाकारहरु हरिवंश आचार्य, भुवन केसी, निर्मल शर्मा, दीपाश्री निरौला, गौरी मल्ल, सलिनमान बनिया, गायिका देविका बन्दनालगायत प्रिमियरमा उपस्थित रहे । सलोन र केकीसहित प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई समारोहमा सहभागी रहे ।
कालो र सेतो मिश्रित सुटमा सजिएका सलोन र कालो सारीमा सजिएकी केकी आकर्षक देखिएका थिए । सलोनले पत्नी करिश्माको सारीसँग मिल्ने रङको पहिरनमा आफूलाई प्रस्तुत गरेका थिए । सलोनसँग निकट मानिने अभिनेता बनिया पनि लामो समयपछि प्रिमियरमा उपस्थित रहे । बनिया सितिमिति सार्वजनिक समारोहमा देखिंदैनन् ।
फिल्म हेरिसकेपछि सेलिब्रिटीले प्रशंसा गरे । शुक्रबार नेपाल र अष्ट्रेलियामा रिलिज हुने तयारीमा रहेको यो फिल्मले सम्बन्धको कथा पेश गर्छ । सलोनले यो फिल्मलाई आफ्नो अभिनय करिअरकै महत्वपूर्ण फिल्म भएको प्रतिक्रिया दिएका छन् ।
तस्वीरहरु
प्रतिक्रिया 4