+
+

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १३:३४

७ भदौ, काठमाडौं । संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया हुने सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन भएका छैनन् । संसदीय समितिका बैठक समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ ।

बैठकमा सहभागी नेकपा एमालेका सचेतक महेश बर्तौलाले सबै समितिले नेतृत्व पाउने सुनिश्चित भएको भन्दै अब निर्वाचनको सूचना प्रकाशित हुने बताए ।

बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?