
७ भदौं, धनगढी । बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् ।
जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचिन गई भैंसी र पाडोसहित गंग पनि खोलामा खसेका प्रहरीको भनाइ छ ।
भैसी जिउदै अवस्थामा किनारमा फेला परेको छ भने गंगको खोजतलास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4