
काठमाडौं । ‘फोन पे’ ले ‘फोन पे डिरेक्ट : पैसा पठाऔं ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ । यस अभियान अनुसार एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने भएको छ ।
‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित हुने ‘फोन पे’ ले दाबी गरेको छ ।
फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिनेबारे जानकारी दिन अभियान सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । भदौ महिना भरि चल्ने अभियानमा सहभागिता जनाउन ग्राहकहरूले ‘फोन पे’ को फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नु पर्ने शर्त राखेको छ ।
अभियानमा दुई भाग्यशाली विजेताहरूले आइफोन १४ प्रो जित्नेछन् । अन्य विजेताहरूलाई साप्ताहिक रुपमा अन्य उपहार दिइने बताएको छ
प्रतिक्रिया 4