+

यसकारण चाहिन्छ शरीरलाई भिटामिन

२०८० भदौ  ७ गते १४:५९ २०८० भदौ ७ गते १४:५९
यसकारण चाहिन्छ शरीरलाई भिटामिन

भिटामिनको सेवनले हामीलाई स्वस्थ बनाउँछ भनेको त हामीले धेरै सुनेका छौं । तर भिटामिन शरीरलाई किन चाहिन्छ र यसले के गर्छ ? भन्ने कुरा भने कमैलाई मात्र थाहा होला ।

भिटामिन यौगिक हो, जुन हाम्रो शरीरलाई राम्रोसँग काम गर्न आवश्यक पर्छ । शरीरलाई आवश्यक पर्ने केही भिटामिन आफैंले बनाउन सक्दैन, जसले गर्दा खानेकुराको माध्यमबाट प्राप्त गर्नुपर्ने हुन्छ ।

भिटामिन ए, बी, सी, डी र ई यस्ता तत्त्व हुन्, जुन शरीरका लागि निकै आवश्यक पर्छ ।

भिटामिनले शरीरमा के काम गर्छ ?

भिटामिनले शरीरमा मोटाबोलिज्मलाई नियमित राख्छ । खासगरी महिलालाई मासिकस्राव, गर्भावस्था, बच्चा जन्माएको बेला, मेनोपोज आदिको अवस्थामा भिटामिन निकै आवश्यक हुन्छ ।

आयुष अधिकारी, पोषणविद्

भिटामिन बिना, हाम्रो शरीरले खानालाई ऊर्जामा रूपान्तरण गर्ने, हड्डी, दाँत, मांसपेशी, छाला, रगत र कपालको निर्माण र मर्मत गर्ने, हाम्रो मस्तिष्क, आँखा, स्नायु र प्रतिरक्षा प्रणालीलाई राम्रो काम गर्ने क्षमता प्रदान गर्ने जस्ता महत्त्वपूर्ण काम गर्न सक्दैन । त्यसैले यी सबै कार्यहरू गर्न शरीरलाई भिटामिन चाहिन्छ ।

केही भिटामिनहरू अन्य पोषक तत्त्वहरूसँग मिलेर पनि काम गर्छन् । भिटामिन सीले बिरुवाको खानाबाट आइरन सोस्न मद्दत गर्छ भने भिटामिन डीले क्याल्सियम सोस्न मद्दत गर्छ । प्लस भिटामिन ए, सी र ई सबैमा एन्टिअक्सिडेन्ट प्रभावहरू छन्, जसको मतलब तिनीहरूले हाम्रो कोषिकाहरुलाई फ्री–र्‍याडिकल क्षतिबाट जोगाउन मद्दत गर्छ ।

भिटामिनले शरीरलाई राम्रो आकारमा राख्न मद्दत गर्छ, संक्रमणबाट बच्न मद्दत गर्छ, भिटामिनहरूले हड्डीहरू बलियो बनाउन, घाउहरू निको पार्न, प्रतिरक्षा प्रणाली बढाउने काम पनि गर्छ ।

विभिन्न प्रकारको भिटामिन

भिटामिन पानीमा घुलनशील र फ्याटमा घुलनशील दुई समूहमा बढ्न सकिन्छ । बोसोमा घुलनशील भिटामिन ए, डी, ई र के हाम्रो कलेजो र फ्याटी टिस्युमा भण्डारण हुन्छ । यसको मतलब यो हो कि हामीले यी भिटामिनहरू हरेक दिन खानुपर्दैन ।

पानीमा घुलनशील भिटामिन सी, थायामिन, रिबोफ्लेभिन, नियासिन, प्यान्टोथेनिक एसिड, बायोटिन, फोलेट र बी १२, भण्डारण हुँदैन । त्यसैले यी भिटामिनहरू हरेक दिन खानु राम्रो हुन्छ ।

यी खानेकुराबाट भिटामिन पाउन सकिन्छ

भिटामिन ‘ए’ दूध, दही, बटर, पनिर, गाँजर, टमाटर, अण्डा, हरियो सागसब्जी तथा पहेंलो फलफूलबाट पाउन सकिन्छ ।

पत्तेदार हरियो सागसब्जी, गहुँ, जौ, दूध, दही, अण्डा, केरा, चामल,  प्याज, लसुन लगायतबाट भिटामिन बी प्राप्त गर्न सकिन्छ ।

भिटामिन सी सामान्य तथा कागती, सुन्तला, मौसम, अमला लगायतका अमिलो फलफूलबाट पाउन सकिन्छ । यसबाहेक, अम्बा, स्याउ, मेवा, भुइकटरमा पनि यसको भरपुर मात्रा हुन्छ ।

दूध, दही, पनिर, अण्डाद्वारा शरीरमा भिटामिन ‘डी’को पूर्ति गर्न सकिन्छ । भेजिटेबल  आयल, बदाम, चोकरयुक्त आटा, काजु, नरिवल पानी, दूध, दहीबाट भिटामिन ‘ई’ पूर्ति गर्न सकिन्छ ।

हरियो सागसब्जी, बन्दा, रंगीविरंगी तरकारी, सोयाबिन तथा जैतुनको तेलमा भिटामिन ‘के’को पाइन्छ । यो भिटामिनले हड्डी बलियो बनाउनुका साथै हृदयाघात समेत कम गर्छ ।

आयुष अधिकारी भिटामिन
लेखक
आयुष अधिकारी, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?