+
+

हक अधिकार माग्दा थुनिएका थारूलाई जेलमुक्त गरियोस् : सांसद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १५:२५

७ भदौ, काठमाडौँ। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले हक अधिकार माग्दा थुनिएका र राज्यसँग लुकिछिपी बाँच्न बाध्य बनाइएका थारूलाई उन्मुक्ति दिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्‍दै सासद चौधरीले अधिकार माग्दा थुनिएका थारुहरुलाई जेलमुक्त गर्नुपर्ने र फरार घोषणा गरिएकाहरूलाई उन्मुक्ति दिनुपर्ने माग गरे ।

उनले भने,  ‘आज भाद्र ७ गते,  टिकापुर घटनाको भएको ८ वर्ष पुगेको छ। तर, अहिले धेरै थारुहरु जेल जीवन बिताइरहेका छन्  भने कोही अरु केही देशभित्र र बाहिर लुकीछिपी बस्न बाध्य छन् । म सबै थारुहरुलाई उन्मुक्तिका लागि आग्रह गर्दछु। किनकी थारु आन्दोलन आफ्नो हक अधिकारको लागि विशुद्ध राजनीतिक आन्दोलन थियो ।’

थारुहरूले राज्यबाट भएको दमन र विभेदकाविरुद्ध आवाज उठाएर अधिकार माग्दा भएको घटनालाई सरकारले अपराधीकरण गर्ने प्रयास गरेको उनको भनाइ छ ।

‘थारुहरुले आफ्नो हक, अधिकार र पहिचानको लागि आन्दोलन गरेका थिए । त्यसलाई त्यही रुपमा बुझ्नु आवश्यक छ । त्यसकारण थारुहरुले अहिले पनि राज्यबाट दमन र विभेद भोगिरहेका छन्, यसको समाधान भनेको राज्यले थारुलाई अधिकार दिनु हो कि फेरि थारुहरु जुर्मुराएर आन्दोलनमा उत्रिनुपर्ने हुन्छ । त्यसकारण थारुहरुलाई जेलमुक्त गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?