+
+

संसदमा भदौ १२ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १६:५९

७ भदौ, काठमाडौं । प्रतिनिधिसभामा भदौ १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमबारे जानकारी गराएका हुन् ।

प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनेछन् । सभामुख घिमिरेका अनुसार यस पटक समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउनेछन् ।

प्रश्न सोध्न चाहने सांसदलाई भदौ ८ गते दिउँसो ३ बजेभित्र प्रतिनिधिसभाका सचिवलाई सूचना दिन सभामुख घिमिरेले आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते विहान ११ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?