
७ भदौ, काठमाडौं । आइफोन पुरस्कार जितेको भन्दै रकम मागेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
टिकटक, फेसबुक, ह्वाट्सएप मार्फत लक्की ड्रमा आइफोन जितेको भन्दै एक महिलालाई प्रलोभन देखाएको र भन्सार शुल्कवापत रकम पठाउनुपर्ने भन्दै बैंकमा पैसा हाल्न लगाएर ठगी गरेको आरोपमा प्रहरीको साइबर व्यूरोले पर्साको बहुदरमाइ नगरपालिका-८ का ३० वर्षका राजकुमार पण्डित र रौतहटको कटहरिया नगरपालिका- १ का उमेशकुमार यादवलाई पक्राउ गरेको हो ।
उनीहरुले जमजम इलेक्ट्रोनिक्सले लक्की ड्र गर्दा आइफोन जितेको भन्दै एक महिलालाई भन्सार वापतको रकम पठाउनुपर्ने भन्दै आफ्नो बैंकखातामा रकम हाल्न लगाएका साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति रायले जानकारी दिए ।
भदौ ४ गते ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई कुपण्डोलको गुसिंगालबाट पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको साइबर रायले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले ४९ लाख ९५ हजार रुपैयाँ नगद, ७ थान मोवाइल, १८३ थान सिमकार्ड र एउटा राउटर पनि बरामद गरेको छ ।
प्रतिक्रिया 4