
८ भदौ, टर्की । टर्कीको केन्द्रीय बैंकले बिहीबार उच्च मुद्रास्फीति र मुद्राको उत्तारचढाव विरुद्ध बैंकको ब्याजदर २५ प्रतिशत पुर्याएको छ ।
मौद्रिक नीति समितिले १७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने निर्णय गरेको टर्कीको केन्द्रीय बैंकले जनाएको हो ।
हालका सूचकहरुअनुसार देशको मुद्रास्फीति अत्यधिक बढेको छ । मुद्रास्फितिमा सुधार नहुन्जेलसम्म मौद्रिक नीतिलाई कडा बनाउने बताइएको छ ।
बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न टर्कीले जुन महिनादेखि जुलाईसम्म आफ्नो नीति दर दुई पटक बढाएको छ ।
जुन २२ मा केन्द्रीय बैंकले बैंकको ब्याजदर ८.५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको थियो । जुलाई २० मा १५ बाट बढाएर १७.५ प्रतिशत पुर्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4