
काठमाडौं । नेपालमा सिकाइ र विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्न एकेडेमी अफ क्यापासिटी डेभलपमेन्ट अफ नेपाल(एसीडीएन) र अन्तर्राष्ट्रिय स्तरको भारतको अग्रणी व्यावसायिक संस्था केपीएमजी इन इन्डियाबीच सहकार्य हुने भएको छ ।
नेपालमा आईएफआरएस, वित्त तथा लेखा, व्यावसायिक सहकार्य तथा डिजिटल विश्लेषण लगायतको क्षेत्रमा गतिशील सिकाइ र क्षमता विकासका कार्यक्रमहरू संयुक्त रुपमा सञ्चालन गर्न दुवै संस्थाबीच सहकार्यको घोषणा भएको हो ।
क्षमता विकास कोर्षहरु सञ्चालन गरी व्यक्तिगत र संस्थागत सीप तथा ज्ञान वृद्धि गर्नु यस साझेदारीको प्रमुख उद्देश्य रहेको जारी विज्ञप्तिमा उल्लेख छ । यस सहकार्यको घोषणाले नेपालको वित्त तथा लेखा प्रणाली क्षेत्रको निरन्तर सिकाइ र क्षमता अभिवृद्धिको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
समझदारीमा केपीएमजीका तर्फबाट एसोसिएट पार्टनर शुभ्रो भट्टाचार्य र एसीडएनका तर्फबाट संस्थाका प्रबन्ध निर्देशक नारायण सुन्दर सिल्पकारले भर्चुअली माध्यमबाट हस्ताक्षर गरे ।
सिकाइ विकास र प्रवाहमा विज्ञको रुपमा परिचित केपीएफजीले एकेडेमी अफ क्यापासिटी डेभलपमेन्ट अफ नेपालसँग सहकार्य गर्ने छ । यस सहकार्यको मुख्य उद्देश्य नेपालमा आईएफआरएस, वित्त तथा लेखा, व्यवसायी सहकार्य तथा डिजिटल विश्लेषण लगायतको क्षेत्रमा क्षमता विकासको विभिन्न कोर्षहरुको सञ्चालन गराउने रहेको छ । यी कोर्षहरु डिजिटल, भौतिक वा संयुक्त रुपमा नेपालको आवश्यकताअनुसार सञ्चालन गरिने छन् ।
एसीडएन संस्थाका प्रबन्ध निर्देशक शिल्पकारले ‘एसीडीएन र केपीएमजी भारत बीचको सहकार्यले नेपालको सिकाइ र क्षमता अभिवृद्धि परिदृश्यमा गहिरो प्रभाव पार्ने लक्ष्य राखेको बताए ।
केपीएमजीभारतका एसोसियट पार्टनर भट्टचार्यले एसीडीएनसँग पार्टनसीप गर्न पाउँदा उत्साहित भएको बताए ।
प्रतिक्रिया 4