+
+

जुवा खेलेको आरोपमा पालिका अध्यक्षसहित ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १५:५६

८ भदौ, पोखरा । जुवा तास खेलेको आरोपमा बैदाम प्रहरी कार्यालय कास्कीले बिहीबार ४ लाख ४७ हजार रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष ५८ वर्षका मोहन थकाली भनिने मोहन सिंह लालचनसहितका ७ जना छन् ।

उनीहरुलाई पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको बैदाम प्रहरी प्रमुख वेद जोशीले जानकारी दिए ।

पक्राउ पर्नेमा होटल सञ्चालक मुस्ताङ घरपझोङ गाउँपालिका २ का ५७ वर्षीय इन्द्रबहादुर कार्की, ४६ वर्षीय नवीनप्रसाद थकाली, पोखरा ८, सिर्जनाचोकका ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुलका ५३ वर्षीय गुञ्ज हिराचन, ५९ वर्षीय दलबहादुर हिराचन पनि रहेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका जुवाडेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?