
८ भदौ, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आपसी सद्भाव र एकता कामय राख्न नगरबासीलाई अपिल गरेका छन् ।
मेयर सम्पाङले शुक्रबार वक्तव्य जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको बताएका छन् ।
उनले अघि भनेका छन्, ‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकताक कायम गर्न सम्पूर्ण आम धरानबासीलाई हार्दिक अपील गर्दछु ।’
यसअघि बिहीबार पूर्व मेयरहरुले पनि वक्तव्य जारी गर्दै सद्भाव कायम राख्न आग्रह गरेका थिए ।
हेर्नुहोस् मेयरको अपिल :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4