+
+

कान्सबाट फर्किएपछि साम्तेन भुटियाले घोषणा गरे फिल्म ‘तारा’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १७:०७

काठमाडौं । निर्देशक साम्तेन भुटियाले नयाँ फिल्म ‘तारा : द लस्ट स्टार’को घोषणा गरेका छन् । केही महिनाअघि विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलबाट फर्किएपछि उनले संयुक्त लगानीका केही फिल्म बनाउने बताएका थिए ।

‘हामी नयाँ फिल्म ताराबारे जानकारी गराउन पाउँदा हर्षित छौं । चाँडै प्रदर्शन मिति पनि घोषणा गर्नेछौं,’ सामाजिक सञ्जालमार्फत भुटियाले जानकारी गराएका छन् । यो फिल्मको छायांकन सकिएको छ ।

भुटियाका अनुसार यो फिल्मको सुटिङलाई सिक्किमको गान्थाङ, मेमेन्चु र पूर्वी सिक्किममा गरिएको छ । फिल्ममा नेपालसहित दार्जिलिङ र सिक्किमका कलाकार समावेश रहेको जनाइएको छ । निर्देशक भुटियाले सेयर गरेको तस्वीरमा नेपाली कलाकार लुनिभा तुलाधर देखिएकी छन् ।

‘संयुक्त लगानीको यस्तो फिल्मले दुवै क्षेत्रका नयाँ कलाकारको प्रवर्द्धन हुने कुरामा हामी ढुक्क छौं,’ भुटियाले विज्ञप्ति जारी गर्दै भनेका छन् । हालैको कान्स फिल्म फेस्टिभलमा निर्देशक भुटियाले सिक्किम प्रदेशबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

साम्तेनले लेटर, तान्द्रो, साढे सात, अनागत, चच हुई र सुस्केरा फिल्म निर्देशन गरेका छन् । लभसभ र मन्त्रमा उनले पटकथा लेखनमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?