+
+

धनगढीमा शिक्षिका मृत भेटिएको घटनाको अनुसन्धानका लागि युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १७:१६

८ भदौ, धनगढी । धनगढीमा शिक्षिका मृत भेटिएको घटनामा अनुसन्धान गर्ने क्रममा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीय राजेश्वरी डडाल मृत भेटिएको घटनामा अनुसन्धानका लागि २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले धनगढी उपमहानगरपालिका–३ को चटकपुरमा बिहीबार बिहान डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार मृतक र कोट्टारी प्रेम सम्बन्धमा थिए । कोट्टारी विवाहित हुन् ।

उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।

डडाललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?