
काठमाडौं । बेलायतको राजधानी लण्डनमा सुम्निमा सांगीतिक साँझ-२०२३ गरिएको छ । उक्त कार्यक्रममा हास्य कलाकार उमेश राई ‘फुलेन्देको आमा’, गायकहरु भीषण मुकारुङ र निश्चल राईले आ-आफ्नो प्रस्तुति दिए ।
बेलायतस्थित सुम्निमा इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा बेलायतमै बसोबास गर्दै आएका अन्य कलाकारहरु श्याम सामसोहाङ राई, जानुका राई, तारा लक्सम लिम्बू र किसन राईले पनि प्रस्तुति दिए ।
नेपालीहरुले सञ्चालन गर्दै आएको डी लाउन्ज रेष्टुरेण्टमा आयोजित कार्यक्रमको सुरुवात जानुका राईले आफनो चर्चित मुन्दुमी गीत ‘नाना छापारी’ गाएर सुरु गरिन् । त्यसपछि गायक श्याम सामसोहाङ राईले आफ्ना नयाँ-पुराना गीतमार्फत दर्शकलाई मनोरञ्जन दिए । उनीपछि स्टेज चढेका तारा लक्सम लिम्बूले आफ्ना लोकप्रिय गीतहरु सुनाए ।
त्यसपछि दर्शक हसाउन स्टेज उक्लिएका ‘फुलन्देको आमा’ अर्थात् उमेश राईले उपस्थित दर्शकलाई पेट मिचिमिची हँसाए । हँसाउनुका साथै उनले नाचेर पनि दर्शकलाई झुमाए ।
उनीपछि गायक किसन राई, भीषण मुकारुङ र निश्चल राईले आ-आफनो गीतमार्फत दर्शकलाई अबेर रातिसम्म मनोरञ्जन प्रदान गरे ।
प्रतिक्रिया 4