
काठमाडौं । सरकारलाई निर्मला पन्तको हत्याको दोषी पत्ता लगाउन आग्रह गर्दै ‘निर्मलाको हत्यारा खोइ’ बोलको गीत सार्वजनिक गरिएको छ ।
६ वर्षीय बालिका झरना भुसालले स्वर दिएको गीतमा प्रधानमन्त्रीलाई निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई खोजिदिए त्यो भन्दा ठूलो कुरा केही नहुने भन्दै आग्रह गरिएको छ ।
‘हामी चेली कहिलेसम्म यसै रुने हो…? कमल भुसाल ‘चञ्चल’ र पदम भुसालले शब्द रचना गरेको गीतमार्फत प्रश्न गरिएको छ । गीतमा कमल चञ्चलको संगीत र अर्जुन कौशलको एरेन्ज छ ।
घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै यो गीतलाई सन्देश क्रियसन नेपालले ‘कमल भुसाल चञ्चल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4