+
+

सीआईबीले भन्यो : सुनबारे केही सूचना भए पठाएर सहयोग गरिदिनु होला

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १८:५५
सुन तस्करीको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाँदै प्रहरी । फाइल तस्वीर

८ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणबारे छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुनसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गरिदिन अनुरोध गरेको छ ।

ब्यूरोले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सुनबारे कुनै सूचना भए ब्यूरोको इमेल ठेगाना [email protected] मा पठाउन वा ब्यूरोका सूचना अधिकारीलाई ९८५१२९१३११ मा सम्पर्क गर्न भनेको छ ।

सुन तस्करीबारे आफूहरुसँग सूचना रहेको र आवश्यक परे दिने भन्दै सांसद् रवि लामिछाने लगायतले सार्वजनिक रुपमा बताइरहेका बेला सीआईबीले कुनै सूचना भए सम्प्रेषण गरिदिन अनुरोध गरेको हो ।

‘एक महिना अगाडि भन्सार छली ल्याइएको सुनको सुक्ष्म रुपमा ब्यूरोले अनुसन्धान गरिरहेको व्यहोरा सर्वविदितै छ’, सीआईबीका सूचना अधिकारी नवराज अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसभन्दा अगाडि विभिन्न मितिमा भएका सुन तस्करीका सम्बन्धमा समेत ब्यूरोबाट अनुसन्धान भइरहेको छ ।’

त्यसबारे कुनै महत्वपूर्ण सूचना भए कार्यालयमा प्रत्यक्ष रुपमा आएर समेत उपलब्ध गराउन सकिने भनिएको छ ।

‘यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्रोत गोप्य रहने सबैमा जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘आमनागरिकको साथ सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य, तथ्यमा पुग्ने हुँदा त्यसमा सकरात्मक सहयोगको अपेक्षा गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?