+
+

निषेधाज्ञाका कारण सुनसान छ धरान (तस्वीरहरु)

हरि अधिकारी हरि अधिकारी
२०८० भदौ ९ गते १४:३२

९ भदौ, धरान । निषेधाज्ञाका कारण शनिबार पूर्वी शहर धरान शनिबार सुनसान देखिएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि धरानमा निषेधाज्ञा जारी गरेको छ ।

शनिबार विहानदेखि धरान प्रवेश नाकामा प्रहरीले कडाइ गरेको थियो । त्यसैले अन्य क्षेत्रबाट धरानमा प्रवेश सहज छैन । धरानकै बासिन्दा पनि घरबाहिर निस्केका छैनन् । बजार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

धरानमा अत्यावश्य सेवाका बाहेक अन्य गाडीहरु चल्न बन्देज गरिएको छ । पसलहरु खुलेका छन् तर मानिसहरुलाई समूहमा हिँडडुल गर्न र भेला हुन दिइएको छैन ।

शनिबार दिउँसो धरानको मुख्य बजार क्षेत्र भानुचोक पुग्दा फाट्टफुट्टमात्र सर्वसाधारण देखिएका छन् । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ ।

इटहरीबाट धरान प्रवेश गर्ने बाटो तरहरामा भने हिन्दु अभियन्ताहरुले प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?