
काठमाडौं । गायक प्रमोद खरेलले रोमान्टिक डान्सिङ ट्रयाक ‘गंगा जमुना’ सार्वजनिक गरेका छन् । शम्भुजित बासकोटाद्वारा संगीतबद्ध गीतमा राजेन्द्र थापाको शब्द र खरेलको स्वर समावेश छ ।
प्रमोदको युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा प्रमोदसहित दिलिप रायमाझी, उषा उप्रेती र अञ्जली अधिकारी फिचर्ड छन् । पाका संगीतकार बासकोटाले आफ्नै स्टाइलमा गीत कम्पोज गरेका छन् ।
त्यसमा प्रमोदले आफ्नै गायकी प्रस्तुत गरेका छन् । मदिरामार्फत प्रेमभाव चित्रण गरिएको यो गीत डान्सका लागि उत्कृष्ट ट्रयाक बन्नसक्छ । राजिव समरले सोही शैलीमा भिडियो निर्देशन र कोरियोग्राफी गरेका छन् ।
हेर्नूस गीत :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4