+

आइएसएफ यु-१५ जिम्न्साइडमा ३ नेपाली निर्णायक

२०८० भदौ  ९ गते २०:०९ २०८० भदौ ९ गते २०:०९
आइएसएफ यु-१५ जिम्न्साइडमा ३ नेपाली निर्णायक

९ भदौ, काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा सञ्चालन भइरहेको आईएसएफ यु- १५ जिम्न्साइडमा तीन नेपालीहरुले निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

बक्सिङका धनकुमार मैनाली तथा तेक्वान्दोका रोशन बोहोरा र राकेशकुमार राईले उक्त भूमिका निर्वाह गरेका हुन् ।

रियो दि जेनेरियोको ओलम्पिक पार्कमा भइरहेको प्रतियोगितामा ४४ देशका खेलाडीहरुले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

धनकुमार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) को मान्यता प्राप्त नेपालका एकमात्र सेकेन्ड स्टार अन्तर्राष्ट्रिय निर्णायक हुन् । यसअघि उनले थाइल्याण्डको फुकेतमा सम्पन्न फुकेत अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप तथा थाइल्याण्डमै सम्पन्न एएसबीसी यु-२२ बक्सिङ च्याम्पियनसिपमा निर्णायक बनेका थिए ।

त्यसैगरी उज्वेकिस्तानको तासकन्दमा भएको रेफ्री जज सेमिनारमा पनि धन सहभागी भएका थिए । ब्राजिलको अनुभवले आफूलाई थ्रीस्टार निर्णायक बन्न महत्वपूर्ण भूमिका खेल्ने र अन्य अवसरहरु पनि प्राप्त गर्न सक्ने धनकुमार बताउँछन् ।

‘आसन्न एसियाली खेलकुदमा सिफारिस हुन सके मैले एसियाली खेलकुदमा निर्णायक बन्ने अवसर छ । ब्राजिलको यो अनुभवले मलाई थप अनुभवी बनाउन मद्दत पुगेको छ’,  उनले भने ।

त्यसैगरी तेक्वान्दो रोशन र राकेशले तीन दिनसम्म सञ्चालन भएको तेक्वान्दो प्रतिस्पर्धामा निर्णायक बने ।

जिम्न्साइड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय