
१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।
संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ । र, समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षीले भागबन्डा गरेका छन्, जसमा रास्वपा र राप्रपालाई समावेश गरिएको छैन ।
भागबन्डा नदिएपछि रास्वपाले आफ्नो हिसाबले समिति सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ ।
प्रमुख सचेतक सन्तोष परियारका अनुसार उद्योग समितिमा पराजुलीलाई उम्मेदवार बनाउने तय भएको छ ।
सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4