+

एमएलएस डेब्युमै मेसीको गोल, ११ खेलपछि इन्टर मियामीको पहिलो जित

२०८० भदौ  १० गते १२:२० २०८० भदौ १० गते १२:२०
एमएलएस डेब्युमै मेसीको गोल, ११ खेलपछि इन्टर मियामीको पहिलो जित

१० भदौ, काठमाडौं । लिओनल मेसीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीका लागि डेब्यु खेलमै गोल गरेका छन् ।

मेसी र डिएगो गोमेजले एमएलएसमा डेब्यु गोल गरेपछि इन्टर मियामीले आइतबार बिहान रेड बुल न्युयोर्क सिटीलाई २-० ले पराजित गरेको हो ।

एमएलएसमा इन्टर मियामीले यस जितपछि ११ खेलको जतविहीन यात्रालाई ब्रेक लगाएको छ ।

इन्टर मियाकीले मे १३ मा न्यु इंग्ल्याण्ड रेभोल्सनलाई २-१ ले पराजित गरेयता ११ खेलमा जित हात पार्न सकेको थिएन । जुलाईमा भएको पछिल्लो एमएलएस खेलमा इन्टर मियामी सेन्ट लुइस सिटी एससीसँग ३-० ले पराजित भएको थियो ।

बेन्चबाट खेल सुरु

८९ औं मिनेटमा गोल इन्टर मियामीलाई केही दिनअघि लिग्स कपको उपाधि जिताउन प्रेरणादायी भूमिका निर्वाह गरेका मेसी न्युयोर्क सिटी विरुद्धको खेलमा पहिलो रोजाइमा थिएनन् । उनीसँगै सर्जियो बुस्केटले बेन्चबाट खेल सुरुवात गरेका थिए भने जोर्डी अल्वाले पहिलो रोजाइमै खेल सुरु गरेका थिए ।

मेसी बेन्चमा हुँदा डिएगो गोमेजले नोह एलनको पासमा ३७औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए ।

मेसी र बुस्केट ६२औं मिनेटमा मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले ८९औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई २-० को जित दिलाए । उनले बेन्जामिन क्रेमासीको क्रसमा गोल गरे ।

११ खेलपछि पहिलो जित हात पारेको इन्टर मियामी इस्टर्न कन्फेरेन्सतर्फ २३ खेलमा २१ अंक जोडेर एक स्थान माथि अर्थात १४औं स्थानमा उक्लेको छ । इन्टर मियामीका प्रशिक्षक टाटा मार्टिनोले आफ्नो टिमले अब बाँकी रहेको खेल जित्नुपर्ने बताएका छन् ।

इन्टर मियामी लिओनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय