+

ब्राजिलमा भएको आईएसएफ यू–१५ जिम्न्यासाइडमा नेपाललाई एक स्वर्ण र दुई कास्य

२०८० भदौ  १० गते १२:४६ २०८० भदौ १० गते १२:४६
ब्राजिलमा भएको आईएसएफ यू–१५ जिम्न्यासाइडमा नेपाललाई एक स्वर्ण र दुई कास्य

१० भदौ, काठमाडौं । ब्राजिलमा भएको आईएसएफ यू-१५ जिम्न्यासाइड २०२३ मा नेपालले १ स्वर्ण सहित ३ पदक जितेको छ ।

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ ९आईएसएफ० को आयोजनामा भएको प्रतियोगितामा नेपालले तेक्वान्दोबाट १ स्वर्ण र बक्सिङबाट २ कांस्य गरी कुल ३ पदक जितेको हो ।

पौडी खेलाडीहरु श्रेयला महर्जन, आरुशा शाक्य र संयमी घिमिरे पहिलो चरण पार गर्न नसकेपछि नेपालको आईएसएफ यू-१५ जिम्न्यासाइडमा नेपालको यात्रा सकिएको छ ।

नेपाली टोलीका प्रमुख मोहन कार्कीले प्रतियोगितामा नेपालको प्रदर्शनप्रति सन्तोष व्यक्त गरेका छन् ।

‘विश्वका उत्कृष्ट राष्ट्रका खेलाडीहरुमाझ नेपाली खेलाडीहरुले गरेको प्रदर्शन र प्राप्त पदकबाट हामी सन्टुष्ट छौं। सरकारले विद्यालय खेलकुदमा लगानी थप्न सके आगामी दिनमा अझ पदक वढाउन सकिन्छ,’ उनले भने ।

४४ देशका २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरेकोमा नेपालबाट पाँच खेलका १९ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा समग्रमा आयोजक राष्ट्र ब्राजिल पहिलो र चीन
दोस्रो भयो ।

रियो दि जेनेरियोको ओलिम्पिक पार्कमा शनिबार तेक्वान्दो, पौडी र टेबल टेनिसमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। जसमा कुनै पनि खेलाडीहरुले सफलता प्राप्त गर्न सकेनन् ।

५० मिटर गर्ल्स फ्रि स्टाइलमा ३५ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमा आफ्नो हिटमा श्रेयला पहिलो, आरुशा दोस्रो र संयमी तेस्रो भइन् । तर उनीहरुले हिट चरण भने पार गर्न सकेनन् । त्यसैगरी ५० मिटर ब्वाइज फ्रि स्टाइलमा सुगम श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए ।

स्वर्ण पदकको आशा गरिएका तेक्वान्दो खेलाडी उज्वल वाग्ले ६५ केजी माथिको तौल समूहमा क्वार्टर फाइनलमा साइप्रसका प्रतिद्धन्दीसँग पराजित भए । पहिलो राउन्डमा विपक्षीसँग खुट्टा जुधेपछि घाइते भएका उनले दोस्रो राउन्डसम्म खेल्न सकेनन् । उनलाई पराजित गरेका साइप्रसका खेलाडीले पछि स्वर्ण पदक जितेका थिए ।

त्यसैगरी टेबल टेनिस सिगंल्समा प्रतिस्पर्धा गरेका निभा योहिनी प्रजापति र सिम्रिका घिमिरे पनि लिग चरणमै पराजित भए । पाँच खेलाडीहरुको समूहमा भएको प्रतिस्पर्धामा निभा चीन, इङ्ल्याण्ड, ब्राजिल र पोर्चुगलका प्रतिद्वन्द्वीसँग पराजित भए भने सिम्रिकाले चीन, इङ्ल्याण्ड, सर्विया र बुल्गेरियासँगको सबै खेल गुमाएको थिइन् ।

नेपालले बक्सिङ, पौडी , तेक्वान्दो, टेबल टेनिस र बास्केटबल गरी ५ खेलमा प्रतिस्पर्धा गरेको थियो ।

हरेक दुई वर्षमा आयोजना हुने जिम्न्यासाइड १३ देखि १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो ।

नेपाललाई उत्कृष्ट राष्ट्रको सम्मान

आईएसएफ यू-१५ जिम्न्यासाइडमा नेपाललाई उत्कृष्ट मध्येको एक टोलीबाट सम्मानित गरिएको छ ।

विश्वभरबाट सहभागी ४४ राष्ट्रमध्येबाट १७ राष्ट्रलाई उक्त सम्मान दिइएको थियो । आईएसएफका अध्यक्ष फ्रान्सका लाउरेन्ट पेट्रान्काले एक समारोहकाबीच नेपाली टोलीका प्रमुख मोहनकुमार कार्कीलाई उत्कृष्ट राष्ट्रको तक्मा प्रदान गरेका थिए ।

त्यसअवसरमा टोली प्रमुख कार्कीले सम्मान नेपालको लागि निकै महत्वपूर्ण भएको बताए ।

नेपालबाट कुल ३२ सदस्यीय टोलीले प्रतियोगितामा भाग लिएको थियो । त्यसमा बक्सिङका एक र तेक्वान्दोका दुई गरी तीन जनाले निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।

नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की आईएसएफका केन्द्रीय कार्यकारिणी समितिका सदस्य हुन् । उनले प्रतियोगितामा तेक्वान्दो खेल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सम्हालेका थिए ।

जिम्न्यासाइड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय