+
+

अफजल खानले ल्याए कोरोना त्रासदीबारेको छोटो फिल्म ‘सर्भाइभल’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १६:२२

काठमाडौं । दुई दशकदेखि विज्ञापन फिल्म, ग्राफिक्स र इन्टेरियर डिजाइनमा सक्रिय अफजल खानले छोटो फिल्म ‘सर्भाइभल : लिभिङ थ्रु कोभिड’ दर्शकमाझ ल्याएका छन् । कोभिड महामारीको त्रासदीमा बाँच्नका लागि मान्छेले गरेको संघर्षको अनुभव समेटेर उनले यो छोटो फिल्म सार्वजनिक गरेका हुन् ।

ड्रिम भिजन स्टुडियोले निर्माण गरेको फिल्मको लेखन तथा निर्देशक स्वयं खानको छ । जेनिफर क्षेत्री, प्रजिता श्रेष्ठ, रवि पुन, सञ्जीव बलामी र तेरेसा क्षेत्रीको अभिनय रहेको फिल्मलाई सक्रिय श्रेष्ठले छायांकन गरेका हुन् ।

निर्देशक खानले यो फिल्मले सुरक्षित र सहजपूर्वक जीवन बाँचौ भन्ने सन्देश दिने बताए । ‘हाम्रो दृष्टिकोण र साना परिवर्तनले पनि निसन्देह जीवन बचाउन र अस्तित्व कायम गर्न सक्छन्,’ उनले भने, ‘जीवन एक क्षणिक विश्राम, स्थायी स्थिरता होइन ।’

कोभिड महामारीको समयमा मान्छेको धैर्य र साहसले जीवन लयमा फर्किएको कथावस्तुमा फिल्म बनेको उल्लेख गर्दै निर्देशक खानले भने, ‘फेस मास्क र सेनिटाइजर हाम्रो जीवनको रक्षाकवच बने । यो छोटो फिल्मबाट हामीले जीवनको निरन्तरता, मास्क तथा सेनिटाइजरबीचको सम्बन्धलाई चित्रण गरेका छौं ।’

पाँच मिनेट लामो यो फिल्मलाई सन् २०२३ भित्रै युट्युबमा सार्वजनिक गरिने निर्देशक खानले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?