
काठमाडौं । एनसेल आजियाटा लिमिटेड ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड–२०२३’बाट सम्मानित भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित सातौं सेल्स समिट २०२३ कार्यक्रममा निर्णायक मण्डलका सदस्य आशिष तिवारीले एनसेलका सेल्स म्यानेजर अभयकुमार निधिलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।
सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको भूमिकालाई मध्यनजर राखेर एनसेलले अवार्ड जितेको कम्पनीले बताएको छ ।
यो अवार्ड कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेका प्रयासहरु, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षा अनुसार निरन्तर गरेका कार्यहरुको सम्मान भएको कम्पनीले बताएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताए ।
उनले भने, ‘यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो । नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो ।’
प्रतिक्रिया 4