
१० भदौ, काठमाडौं । प्रहरीले बूढानीलकण्ठ–४, पासिकोटबाट एउटा ९ एमएम पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं–७ घर भएका २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, उनी गुण्डागर्दी र लागूऔषध कारोबारमा संलग्न व्यक्ति हुन् ।
ेष्ठले पहिले रामेछाप घर भएर बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरेका थिए । त्यस प्रकरणमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएर उनी ५ वर्ष कैद भुक्तान गरेर २०७१ सालमा छुटेकमा थिए ।
अहिले फेरि उनी हतियारसहित पक्राउ परेका हुन् । श्रेष्ठले किन र कहाँबाट हतियार ल्याएका थिए भन्ने विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4